समाजसेवी बिक्रम राई र डिगेल लेप्चाद्वारा मङपु अस्पताललाई स्वास्थ्य सामग्रीहरू  प्रदान

मङ्पु: मङपु अस्पताललाई आज सिटोङका दुई समाजसेवी बिक्रम राई र डिगेल लेप्चाद्वारा पीपी किट्स, ह्यान्ड सेनिटाइजर, 300 वटा मास्क, 200 वटा ग्लोबस अनि 30 लिटर सेनिटाइजर प्रदान गरियो। स्मरण रहोस, बिक्रम राईले सिटोङको तीनवटा ग्राम पञ्चायतमा कोभिडको समय अवधि बिरामी बोक्नको लागि तीनवटा गाडीहरु नि:शुल्क रूपमा  दिइराखेका छन्। यसैगरी, तिनले सिटोङ, लन्कु अनि मङपु  क्षेत्रमा कोरोना संक्रमित परिवारलाई खाद्य पदार्थ तथा अन्य सर-सामानहरू वितरण गरिरहेका छन्। तिनले गत 21 जुनको दिन लाटपन्चर स्वास्थ्य केन्द्रमा पनि स्वास्थ्य समग्रीहरु प्रदान गरेका थिए। सिटोङका प्राय:जसो बिरामीहरुले पनि मङपु अस्पतालमा नै स्वास्थ्य जाँच गराउने भएकोले गर्दा मङपु अस्पताल संरक्षण समितिलाई स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *