समाजसेवी मदन भट्टाचार्यको सहयोगमा स्वस्थ भइन् हृदय रोगी शिप्रा घोष

सिलगढी : सिलगढी नगरनिगमको 23 नम्बर वार्ड निवासी शिप्रा घोष धेरै समय अघिदेखि हृदय रोगले ग्रसित थिइन्। समाजसेवी तथा तृणमूल नेता मदन भट्टाचार्यको सहयोगमा उपचारपछि स्वस्थ भएर तिनी घर फर्किआएकी छन्। प्राप्त जानकारीअनुसार गत तीन वर्षदेखि तिनी हृदय रोगसित जुझिरहेकी थिइन्। तिनको लोग्ने समर घोष एउटा निजी कम्पनीमा काम गर्दछन्। विभिन्न सरकारी तथा निजी अस्पतालमा धेरै समयदेखि तिनको उपचार गरे तापनि तिनी स्वस्थ भएकी थिएनन्। तिनको उपचारमा निक्कै खर्च भएकोले परिवारका सदस्यहरू आर्थिक संकटसित जुझिरहेको थियो। केही दिनअघि तिनी उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना भएकी थिइन् भने त्यहाँ तिनको स्वास्थ्य अझ खराब भएको थियो। तिनको स्वास्थ्य खराब भएको खबर पाएपछि समाजसेवी मदन भट्टाचार्य तिनको सहयोगको लागि अघि आए। तिनले बिरामी शिप्रा देवीलाई आर्थिक सहयोग प्रदान गर्नको साथै स्वास्थ्य साथी कार्डको व्यवस्था गरेर दुर्गापुर मिसन अस्पतालमा उपचारको लागि पठाए। उक्त अस्पतालमा सर्जरी गरेर शिप्रा देवी स्वस्थ भएर हिजो आफ्नो घर फर्किआइन्।  मदन भट्टाचार्य आज तिनको घरमा पुगेर शिप्रा घोषसित भेट गर्नको साथै आगामी दिनमा हर सम्भव सहयोग गर्ने आश्वासन पनि दिए। शिप्रा घोषले मदन भट्टाचार्यको सहयोगमा आफू उपचारपछि स्वस्थ भएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes