समाजसेवी राजीव दासको पहलमा 500 जना छठ व्रतधारीहरूलाई पुजाका सामग्रीहरू वितरण

सिलगढी : सिलगढी महकुमाको बाघडुग्रास्थित पुटीमारी इलाकामा आवश्यकमन्द 500 जना छठ व्रतधारीहरूलाई सूप, साड़ी, फल लगायत पुजाका सामग्रीहरू वितरण गरियो। पुटीमारीका समाजसेवी राजीव दास अनि तिनको टीमको पहलमा गत धेरै वर्ष अघिदेखि नै यस पवन अवसरमा छठ व्रतधारीहरूलाई पुजाका सामग्रीहरू वितरण गर्दै आइरहेको छ। वितरण कार्यक्रम अवधि समाजसेवी राजीव दासले भने, पुजाका सामग्रीहरू वितरण गर्नाले आत्मिक खुशी पाउँछौ। यस अवसरमा तृणमूल काङ्ग्रेसको जिल्ला अध्यक्ष पापिया घोष, सिलगढी महकुमा परिषद सभाधिपति अरुण घोष, महकुमा परिषदका चेयरम्यान क्याप्टन नलिनी रञ्जन राय, पञ्चायत समितिका सभापति आनन्द घोष, गोसाईपुर ग्राम पञ्चायतका प्रधान रीता सिंह, पञ्चायत समिति कर्माध्यक्ष वीणा दास, पञ्चायत सदस्य प्रशान्त राय, अमर गुप्ता, विकास मिञ्ज, मन्टुन, इन्द्रजीत आदि उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *