समाजसेवी तथा गोजमुमो विनयखेमाका नेता रिसिका छेत्री अस्पतालमा भर्ना

दार्जिलिङ : मानव अधिकार संगठनकी कार्यकर्ता समाजसेवी एवम् गोजमुमो विनय खेमाका सांगठनिक सचिव रिसिका छेत्री अस्वस्थ भएपछि सिलगढीको एउटा निजी नर्सिङ होममा उपचाराधीन अवस्थामा छन्। गत बुधबारदेखि तिनी अस्वस्थ्य भएर सिलगढीको एउटा निजी नर्सिङ होममा भर्ना भए तापनि पार्टीको तर्फबाट कुनै प्रकारको सोधिखोजी नगरेको साथै भेट्न नआएको तिनका परिवारपक्षले गुनासो पोखेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *