समालबोङ नव ज्योति गोल्ड कप फुटबल खेल आरम्भ

बिजनबारी: नव ज्योति संघ समालबोङ मानेडाँडा युथ विङद्वारा आयोजित नव ज्योति गोल्ड कप फुटबल खेल प्रतियोगिता भव्य सांस्कृतिक कार्यक्रमसँगै आरम्भ गरियो। प्रथम उद्घाटन खेल हिमुल लाइन कैजले बनाम 8 नम्बर कैजलेमाझ खेलियो, जसमा हिमुल लाइनले 1 गोलको विरुद्ध 2 गोल गरेर विजय हासिल गऱ्यो। यसैगरी दोस्रो खेलमा थापा गाउँलाई मुक्ति एफसीले पेनल्टी शुट आउटमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गऱ्यो। नन्दराम राईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बीएन गिरी, विनोद राई संतोष गुरुङ, याङ्की तामाङ, दिपशिखा, गणेश तामाङ, प्रदिप राई, बिकास गुरुङ, बीबी लिम्बु, माला तामाङ आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *