समरीपानी चियाबारी शाखामा गोरामुमो युवा एकाई गठन

सुकेपोखरी : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पोख्रेबुङ नागरी समष्टि अन्तर्गत समरीपानी चियाबारी शाखामा युवा एकाई गठन गरियो। सभामा नवगठित समिति अध्यक्ष निशान्त भारती, उपाध्यक्ष आकाश सुब्बा, मूल सचिव अमीर भारती, सहसचिव रोहित भारती, कोषाध्यक्ष पुरण शर्मा, प्रमुख सल्लाहकार प्रभात शर्मा लगायत आठजना कार्यकारी सदस्य चयन गरियो।


नवगठित समितिले पार्टी अनि जातिको हितमा डटेर कार्य गर्ने प्रतिवद्धता जाहेर गरेको छ। प्रेम छेत्रीको अध्यक्षतामा प्राथमिक पाठशाला भवनमा सम्पन्न सभामा गोरामुमो समष्टि सचिव मनोज राई, प्रवक्ता अभिनय गुरूङ, गोरायुमो केन्द्रिय उपाध्यक्ष तरूण राई तथा अन्य नेतृत्ववृन्द उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *