समरीपानी-तुङसुङ्ग जोड्ने पुलको मरमतिपछि उद्घाटन

सुकेपोखरी: सुके खण्डको पोख्रेबुङ ग्राम पञ्चायत दुई अन्तर्गत समरिक 10 नम्बरस्थित जीर्ण अवस्थामा पुगेको ब्रिट्रिस कालिन पुलको मुख्यमन्त्री ममता ब्यानर्जीको योजना ‘पाडाय समाधान’ मार्फत मरमति गरिसके पछि आज सुके खण्ड विकास अधिकारी समिरुल ईस्लामको बाहुलीबाट रिबन काटेर उद्घाटन गरियो। हिल तृणमुल कङ्ग्रेस नागरी धजे अध्यक्ष एसके राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यहाँका वासिन्दाहरु साथै यस पुलबाट यातायात गर्ने विद्यार्थीहरुले विगत दिनहरुमा झेल्नुपरेको दु:ख अनि असुविधाबारे जानकारी गराउँदै पुल मरमति गरिदिएकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *