समस्या आन्दोलन गरेर समाधान हुँदैन, यसको निम्ति वार्ता नै सही मार्ग हो: अनित थापा

खरसाङ: रोहिणी क्षेत्रका वासिन्दाहरुले ब्लकको ल्याण्ड अनि ल्याण्ड रिफर्म-को कार्यालयबाट जमीनको कागज पत्र लिएर उक्त कार्यालयमा आउने नोटिफिकेसन पाएका छन्। धेरै समयदेखि बसोबास गरेका मानिसहरूलाई यो नोटिफिकेसनले फेरि विस्थापित गराउँछ भन्ने त्रास उत्पन्न भएको छ। नोटिफिकेसनको साथै दैनिक रूपमा पुलिस, तथा अधिकारीहरू आएर स्थानीय वासिन्दाहरुलाई दुःख दिएको जन गुनासो रहेको छ। यसैले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले पीडित पक्षलाई रोहिणी पुगेर भेट गरे। भेटघाटको समय तिनले आफु रोहिणीवासीको पक्षमा रहेको बताउँदै भने, आजको मञ्च राजनैतिक मञ्च होइन। म यहाँ उभिएको छु तपाईंहरुलाई दुःखमा साथ दिनु। दैनिक रूपमा एसडीओ अफिस अनि अन्यबाट अफिसर आएर तपाईहरुलाई धेरै दुःख दिएको कुरा सुनें। त्यो विषयलाई लिएर दुई दिन अघि मात्र मैले डीएमसित बातचीत गरेको थिए। तिनले भने , बसेको घर कसैले पनि उपकाउनु/ उठाउनु सक्दैन। हामी पनि यहाँ त्यसै बसेका छैनौं। हामीलाई पनि कानुन थाहा छ। सरकारले घर उठाउनु भनेको छैन, बरु पट्ट दिन्छु भन्दैछ। यदि यो समय एमएलए हाम्रो भएको भए यी विषयमा बोल्ने थिए भन्दै आफुले पार्टीको पक्षबाट डीएमसँग यो विषयमा दुई दिन अघि सोधेर कतै डीएम-को अफिसबाट एसडीओ-लाई रोहिणीमा चिठ्ठी काटेर घरबाट निकाल्ने आदेश दिएका छन् भनी सोधेको तिनले बताए। यसको साथै यस्तो किसिमको आदेश निकाल्नु भएको छ भने पहाडमा ठूलो झमेला हुनेछ भन्दा डीएम-ले आफ्नो अफिसबाट यस्तो आदेश केही पनि नगएको बताएको जानकारी दिँदै गत दुई दिनदेखि तपाईहरुलाई दुःख दिनु अहिले एसडीओ अफिस, पुलिसबाट कोही पनि नआएको अनित थापाले जनाए। तिनीहरू नआएर समस्याको समाधान भयो भन्नु हुँदैन भन्दै तिनले भने, “रोहिणीको जमीनको मुद्दा सुतेर पार लाग्दैन। यसको पछि लागी रहनुपर्छ। समस्या आन्दोलन गरेर समाधान हुँदैन, यसको निम्ति वार्ता नै सही मार्ग हो। एसडीओ-ले दुःख दिँदैछ भने उसको अफिस घेराउ गरेर हुँदैन, ऊ भन्दा माथिको डीएमसँग कुरा गर्नु पर्ने सुझाउ दिँदै यदि डीएम-ले पनि कुरा सुनिदिएन भने आन्दोलन गर्नु पर्छ, सडकमा उत्रिन पर्छ । त्यो समय म पनि तपाईंहरूसँग सडकमा उत्रेको हुनेछु। तर त्योभन्दा पहिला जहाँ सुनवाई हुन्छ त्यहाँ गएर आफ्नो कुरा राख्नु पर्छ। जमीनको समस्या खाली रोहिणीको होइन, तपाईंहरूको छिमेकीको पनि समस्या हो। त्यसैले यो मुद्दा माथि राजनीति गर्नु होस्। बरु सबै मिलेर एउटा मञ्च मा आएर मुद्दालाई अघि बढाउनु होस, तिनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *