समस्याहरू सुनाउन भोलिदेखि ‘मेयर के बलुन’ परिसेवा शुरू

सिलगढी : टक टु चेयरम्यान पछि अब  मेयर के बलुन अर्थात् मेयरलाई भन्नुहोस् परिसेवा शुरू गरिने भएको छ। सिलगढी नगरनिगमको प्रशासक पदको दायित्व सम्हालेपछि गौतम देवले सिलगढी सहरका मानिसहरूको विभिन्न अभाव-अभियोगहरू सुन्नको लागि टक टु चेयरम्यान परिसेवा शुरू गरेका थिए। त्यस समय सहरका धेरैजना मानिसहरूले टेलिफोनको माध्यमद्वारा आफ्नो विविध समस्याहरू प्रशासक गौतम देवलाई सुनाए भने तिनले त्यस समय केही समस्याहरूको समाधान पनि गरिदिएका थिए। तिनले फेरि उक्त परिसेवा शुरू गर्ने उद्देश्य लिएर मेयर के बलुन परिसेवा शुरू गर्ने भएका छन्।


यसैले भोलि शनिबारदेखि मेयर के बलुन परिसेवा शुरू गर्ने भएको छ। प्रत्येक शनिबार बिहान साढे 11 देखि साढे 12 सम्म उक्त परिसेवा चल्नेछ। यस अवधि सहरका मानिसहरूको टेलिफोनको माध्यमद्वारा आफ्नो विविध अभाव तथा अभियोगहरू सोझै मेयरलाई सुनाउन सक्नेछन्। यस परिसेवाको बारेमा साधारण मानिसहरूलाई जानकारी गराउने उद्देश्य लिएर सहरको विभिन्न ठाउँमा नगरनिगमको तर्फबाट पोस्टरहरू लगाइएको छ। यस परिसेवाले फेरि व्यापक प्रतिक्रिया पाउने मेयर गौतम देवले आशा साँचेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *