समयमा टीकाकरण शुरू नगरेपछि मातृसदनमा विक्षोभ प्रदर्शन

सिलगढी : सिलगढी नगरनिगमको 23 नम्बर वार्डस्थित मातृसदनमा कोरोनाको खोप लगाउन आएका मानिसहरूले निर्दिष्ट समयमा टीकाकरण शुरू नगरेकोमा विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार कोरोनाको भ्याक्सिन लगाउन आज बिहानैदेखि लाइनमा उभेका मानिसहरूले निर्दिष्ट समयमा टीकाकरण शुरू नगरेपछि क्षोभ प्रकट गर्दै विक्षोभ प्रदर्शन गरे। कोरोनाको खोप लगाउन आएका मानिसहरूको आरोपअनुसार आज बिहान 4 बजीदेखि लाइन उभिए तापनि 11 बजीसक्दा पनि स्वास्थ्य कर्मीहरू आएका थिएनन्। विज्ञप्तिमा उल्लेख गरे अनुसार 120 जनालाई भ्याक्सिन लगाइने बताइए तापनि त्यसअनुसार टोकन वितरण नगरेको साथै सरकारी समय सीमाअनुसार कार्य नभएको तिनीहरूले आरोप लगाएका छन्। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *