सामी लखाङ गुम्बाका धर्मगुरू रिम्पोछे पेम्बा लामाद्वारा चिकित्सा सामग्री वितरण

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत निर्माणाधीन सामी लखाङ गुम्बाका धर्मगुरू रिम्पोछे पेम्बा लामाले आज खरसाङ नगरपालिकाको वार्ड नम्बर 5 मा 78 परिवारका सदस्यहरूलाई औषधि, मास्क, हात धुने साबुन, मिठाई वितरण गरे। यसको साथै रिन्पोछे लामाले सिङ्गेल चियाबगानको कफीबारी, डाँडाधुरा, गोदामधुराका 87 परिवारलाई पनि औषधि, मास्क, साबुन आदि वितरण गरे। पेम्बा लामाले विभिन्न गाउँ-बस्ती क्षेत्रमा औषधि, मास्क, सेनिटाइजर, हात धुने साबुन वितरण गर्ने कार्य अघिबाटै गरिरहेका छन्। पेम्बा लामाले आफूले यसरी विभिन्न सामग्री वितरण गर्नुको उद्देश्य कुनै धार्मिक उद्देश्य नरहेर मानवताको नाताले मानव सेवा गर्नलाई वितरण गरेको बताए। आफूले यसरी आवश्यक सामग्री वितरण गर्दा कुनै जाति र धर्म नहेरी मानवतालाई हेरेर वितरण गरिरहेको साथै आगामी दिनमा पनि यस प्रकारको मानव सेवा गरिरहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *