समीरण छेत्री ‘प्रियदर्शी’-को निधनले साहित्य अनि पत्रकारिता जगतमा शोकको लहर

सिलगढी: वरिष्ठ साहित्यकार, पत्रकार तथा साहित्य अकादेमी दिल्लीद्वारा पुरस्कृत समीरण छेत्री प्रियदर्शीको निधनले सम्पूर्ण नेपाली साहित्य अनि पत्रकारिता जगतमा शोकको लहर छाएको छ। तिनको दुःखद निधनको खबर फैलिएपछि वरिष्ठ कथाकार एवं पूर्व संयोजक नेपाली भाषा परामर्श समिति, साहित्य अकादेमी प्रेम प्रधानले गहिरो दुःख व्यक्त गरेका छन्। कथाकार एवम् पत्रकार समिरण प्रियदर्शीको निधनमा शोक जनाउँदै कथाकार प्रधानले भने, उनी एक अब्बल दर्जाका साहित्यकार तथा वरिष्ठ पत्रकार पनि हुनुहुन्थ्यो। जीवनको आधा भाग नै उनले सिक्मिममा पत्रकारको रूपमा बिताउनुभएको थियो। भाषा अनि साहित्यप्रति प्रतिवद्ध रहेर उनले सम्पूर्ण जीवन बिताएका थिए। उनको निधन हाम्रो साहित्यको निम्ति ठूलो क्षति हो। दिवङ्गत छेत्रीप्रति हार्दिक श्रद्धाञ्जलि चढाउँदै शोकाकुल परिवारप्रति समवेदना चड़ाउँदछु। यसरी नै मिरिक प्रेस क्लब र साहित्य सुनौ परिवारले पनि साहित्यकार एवं पत्रकार समिरण छेत्री प्रियदर्शीको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। अर्कोतिर, जीटीए चेयरम्यान अनित थापाले पनि समीरण छेत्रीको निधनमा गहिरो शोक व्यक्त गर्दै भने आज फेरि एउटा गोर्खा तारा विलिन भयो। समीरण छेत्री प्रियदर्शी भारतीय गोर्खा पत्रकारितामा एक स्थापित हस्ती। उनको मृत्युमा दार्जिलिङ पहाडले एक असल व्यक्तित्व, विचारक अनि पत्रकार गुमाएको छ। उनको आत्माले चिर शान्ति प्राप्त गरून्।स्मरण रहोस, समीरण छेत्री प्रियदर्शीको आज बिहान 6 बजी तिनकै सिलगढीको कोलाबारीस्थित निजी वासस्थानमा निधन भयो। तिनी गत केही समय अघिदेखि बिरामी अवस्थामा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes