समितिका संस्थापक सदस्य अनि वरिष्ठ नागरिकहरूलाई सम्मान

खरसाङ (निसं): खरसाङको वार्ड नम्बर 19 मा अवस्थित क्याम्प साइड ग्राम कल्याण समितिद्वारा आयोजित एउटा कार्यक्रममा समाजका विभिन्न व्यक्तिहरूलाई संवर्द्धना जनाइयो। उक्त कार्यक्रम तापेश्वर राउतको अध्यक्षता अनि खरसाङ नगरपालिकाको सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।


प्रतिमा शेर्पाद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत सम्भाषण समितिको मूल सचिव सुवास प्रधानले राखेका थिए। अतिथिहरूको बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत नृत्य मीकु अनि मीनजीले राखेका थिए भने प्रतिभा परिवार, अर्पिता दास ग्रुप अनि रीता लोहागण, पूजा रावतले पनि नृत्य प्रस्तुत गरे। यस कार्यक्रममा 70 वर्ष पुगेका समाजका 17 जना वरिष्ठ नागरिकहरू अनि संस्थापक सदस्यहरूलाई सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *