सम्पतिको लागि वृद्ध आमा-बाबुलाई कुटपीट गरेको आरोप, पुलिस समक्ष दम्पतिद्वारा अभियोग दर्ता

जलपाईगढी : जलपाईगढीमा सम्पतिको लागि वृद्ध आमा-बाबुमाथि शारीरिक तथा मानसिक अत्याचार गरेको छोरा-बुहारीविरुद्ध अभियोग उठेको छ। अन्ततः बाध्य भएर वृद्ध आमा-बाबुले पुलिस समक्ष गुहार लगाएका छन्। प्राप्त जानकारीअनुसार जलपाईगढीको उत्तर रायकतपाडा निवासी मुक्तिरानी भौमिक र उत्पल भौमिकको दुईजना छोरा र बुहारीहरू छन्। तिनीहरूको ठुलो छोराले पहिला नै जोरजबरजस्ती दोकान बिक्री गरेपछि घर छोडेर गएका थिए। यसपछि तिनका ठुलो छोरा घर फर्किआएपछि घर र वाहन बिक्री गरेर आफूहरूको नाममा गरिदिने दुई छोरा र बुहारीहरूले वृद्ध आमा-बाबुमाथि दबाउ दिइरहेको आरोप रहेको छ। सम्पतिको लागि बाबु-आमालाई प्रायःजसो छोरा-बुहारीहरूले कुटपीट गर्ने गरेको बताइएको छ। यसपछि बाध्य भएर वृद्ध आमा-बाबुले पुलिस समक्ष गुहार लगाउँदै दुई छोरा-बुहारीविरुद्ध अभियोग दर्ता गर्नको साथै तिनीहरूलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *