सामूहिक दुष्कर्मको आरोपी युवक पक्राउ

कालियागञ्ज : कालियागञ्जको हरिहरपुरमा होटलको महिला कर्मीसँग सामूहिक दुष्कर्म गरेको आरोपमा भागेका सुजन बर्मनलाई पुलिसले पक्राउ गरेको छ। तथापि, घटनाको अर्को दिन दुईजना आरोपी नकुल महन्त र शिबु बर्मनलाई पुलिसले पक्राउ गरेको थियो। यी दुई आरोपीलाई अदालतमा पेश गरेपछि सोधखोजको लागि एकजनालाई चार दिनको पुलिस हिरासतमा पठाइएको थियो। उक्त आरोपी युवकसँग पुलिसले सोधखोज गरेर सुइँकुच्चा ठोकेका अन्य आरोपी सुजन बर्मनलाई गत अबेर राति पुलिसले कालियागञ्जबाट पक्राउ गरेको बताइएको छ। आज आरोपी सुजन बर्मन र शिबु बर्मनलाई रायगञ्ज अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *