सन्दकफुको टाकुरामा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि तिनका टोली

सन्दकफु : जीटीए प्रशासनका सभासद, डाइरेक्टरहर, सचिव आदिको दलबल सहित जीटीए प्रमुख प्रशासक अनित थापा सन्दकफु पुगे। सन्दकफु भ्रमण घुम्न नभएर प्रशासनिक भ्रमण रहेको तिनले बताएका छन्। हाँसी रहेको कञ्जनजङ्घालाई पछिल्तिर राखेर जारी गरेको भिडियो मार्फत तिनले भने, चुनाउ जितेपछि प्रथमपल्ट सन्दकफु क्षेत्रको भ्रमणमा आएका छौँ। यहाँको स्थानीय वासिन्दासित हामीले भेट गर्नको साथै कुराकानी गर्यौँ। यस अवधि तिनीहरूको विविध समस्या बुझ्ने कोसिस गर्यौ। तिनले बङ्गाल कै सबैभन्दा उच्च पहाडमा अवस्थित सन्दकफुमा भने, “यहाँ प्राथमिक स्वास्थ्य केन्द्र छैन। म स्वास्थ्य विभागसँग कुरा गरेर प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने नै छु। यहाँ पिउने पानीको पनि समस्या रहेकोले कोलकातासँग कुरा गरेर पिउने पानीको व्यवस्था मिलाउने छु। यसको साथै आजसम्म यहाँ बिजुली आइपुगेको छैन।


बिजुली ल्याउनु सक्ने सम्भावना रहेछ। यसको लागि हामी व्यवस्था गर्नेछौ।” सन्दकफु पर्यटकहरूको मनपर्दो गन्तव्य स्थल हो। तिनले पहाडका प्रत्येक व्यक्तिलाई पनि यहाँको मनोरम दृश्य हेर्न आउने आग्रह गरे। तिनले पर्यटनको विकास यहाँको निम्ति अति लाभप्रद रहेको बताउँदै भने, “पर्यटन नै यहाँको सवल पक्ष हो। यहाँको पर्यटनलाई व्यवस्थित ढङ्गमा लैजानु सके अझ पर्यटन फस्टाएर जानेछ। जसले पर्यटनलाई राम्ररी बुझ्दछ उसैलाई यहाँको पर्यटन विकासको कार्य जिम्मा लगाउने हामीले सोच बनाएका छौं। यो स्थान एकदमै सुन्दर ठाउँ रहेछ। यो स्थान आस्थाको स्थान पनि रहेछ। यहाँ मन्दिर पनि रहेछ। माई खोलाको उत्पति यहीँ भएको रहेछ। यो स्थानलाई धार्मिक पर्यटनको हिसाबले पनि विकास गर्नु सकिन्छ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *