सन्दीप-सञ्जयको नेतृत्वमा मायुम सिलगढी प्रोफेशनल्स शाखाको गठन

सिलगढी : अखिल भारतीय मारवारी युवा मञ्चद्वारा प्रत्येक क्षेत्रमा सेवा कार्य पुर्‍याउने उद्देश्य लिएर लगातार सदस्य संख्यामा वृद्धि गरिरहेको छ। यसै क्रममा हिजो पश्चिम बंगाल-सिक्किम प्रान्तीय मारवारी युवा मञ्च अन्तर्गत 14 वटा नयाँ शाखाको गठन गरियो। नव गठित शाखाहरूमध्ये सिलगढी शाखाद्वारा मारवारी युवा मञ्च सिलगढी प्रोफेशनल्स शाखाको गठन गरियो। सिलगढी शाखाका अध्यक्ष मनोज अग्रवालले बताएअनुसार प्रोफेशनल्स शाखा अध्यक्षको रूपमा शिक्षक सन्दीप घोषाल, सचिव पत्रकार सञ्जय शर्मा तथा चाटर्ड अकाउन्टेन्ट राहुल तेमानीलाई कोषाध्यक्षको रूपमा चयन गरियो। उक्त शाखामा पेशामा संलग्न रहेका युवाहरू अर्थात् डाक्टर, इञ्जिनियर, सीए, शिक्षक, इन्टिरियर डिजाइनर, वास्तु कन्सल्टेन्ट, अधिवक्ता, खेलाड़ी लगायत अन्य प्रोफेशनका मानिसहरू सामेल हुन सक्ने तिनले बताए। उत्तर बंगालमा मायुम-द्वारा गठित यो पहिलो प्रोफेशनल्स शाखा हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *