सन्दीप चौधरी भाजपामा सामेल

कुचबिहार : पूर्व मन्त्री तथा सीपीएम कुचबिहार जिल्ला सम्पादक मण्डलीका सदस्य शिवेन चौधरीका छोरा सन्दीप चौधरी आज भाजपामा सामेल भएका छन्। कुचबिहार जिल्ला भाजपा पार्टी कार्यालयमा आज भाजपा नेता सायन्तन गोसलेको नेतृत्वमा तिनी भाजपामा सामेल भएका हुन्। भाजपा अध्यक्ष मालती राभा रायले दलीय झण्डा प्रदान गरेर सन्दीप चौधरीलाई आफ्नो पार्टीमा स्वागत जनाइन्। यस अवसरमा सन्दीप चौधरीले मुख्यमन्त्री ममता ब्यानर्जीविरुद्ध लडाई गर्नको लागि भाजपा एकमात्र दल रहेकोले गर्दा आज आफू भाजपामा सामेल भएको बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.