सन्देशखाली घटनाको विरोधमा भाजपा ओसीबी सेल मोर्चाको विरोध प्रदर्शन, आरोपी शेखशाहजहाँको पुतला दहन

सिलगढी (निसं) : सन्देशखालीमा महिलाहरू माथि भएको अत्याचारको घटनालाई लिएर जनताको आक्रोश अझसम्म शान्त हुन सकेको छैन। सन्देशखालीमा महिलालाई शोषण गर्ने आरोपी शेख शाहजहाँलाई फाँसीको सजाय दिनु पर्ने मांगमा भाजपाको तर्फबाट लगातार विरोध प्रदर्शन भइरहेको छ। सन्देशखालीको घटनालाई लिएर आज भाजपा ओबीसी सेल मोर्चाको तर्फबाट सिलगढीको प्रधान नगर थाना अघि 31 नम्बर राष्ट्रीय राजमार्गमा विरोध प्रदर्शन गर्नको साथै व्यापक नाराबाजी गरियो। यसपछि आक्रोशित भाजपाका समर्थकहरूले आरोपी शेख शाहजहाँको फुतला पनि दहन गरे। भाजपा ओबीसी सेल मोर्चाको तर्फबाट पक्रा परेका आरोपी शेख शाहजहाँलाई फाँसीको सजाय दिनु पर्ने मांग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom