साङ्मा चियाबारीको गाउँहरूमा सेनिटाइज

सुकेपोखरी : पोख्रेबोङ एकता परिवार सामाजिक सेवा संस्थानको पहलमा कोभिड 19-को बढ्दो संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर साङमा चियाबारीको एकाधिक गाउँहरूमा सेनिटाइज गरियो। स्मरण रहोस्, उक्त चियाबारीका कतिपय मानिस कोरोना संक्रमित भएका थिए भने हाल उपचारपछि सबैको रिपोर्ट नेगेटिभ आएको छ। तथापि, गाउँलेहरूलाई कोरोना संक्रमण हुने भय साथै चिन्ता रहेकोले गर्दा एकता परिवारको तर्फबाट आज उक्त गाउँमा सेनिटाइज गरिएको सरोज लामाले बताए। सेनिटाइज गरिने कार्यमा एकता परिवारका सभापति दीपेन राई (गुरूजी), सचिव अमीर राई तथा सम्पूर्ण कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। साङमा चियाबारी प्रबन्धनको सहयोगमा थालिएको यस अभियानमा साङमा चियाबारीको सबै गाउँ सेनिटाइज गर्ने योजना रहेको लामाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *