साङमा टर्जम चियाबारीका श्रमिक एवम् कर्मचारीहरूलाई मास्क वितरण

सुकेपोखरी: कोरोनाको दोस्रो लहरले मानिसहरू संक्रमित भइरहेको कुरालाई ध्यानमा राखेर मिरिकको गैर सरकारी संस्था फ्रेण्ड्स अफ् ट्री फोरम तथा सेलेम्बोङ गोर्खा स्पोर्टिङ क्लबले मास्क वितरण कार्यक्रमलाई जारी राखेको छ। यसैक्रममा आज साङमा टर्जम चियाबारीका श्रमिक एवम् कर्मचारीहरूलाई मास्क वितरण गर्नको साथै कोरोना संक्रमणबाट कसरी जोगिनु सकिन्छ भन्ने बारेमा तिनीहरूलाई जागरूक पनि गराइयो। यस अवसरमा मिरिकको एनजीओ-का पासाङ शेर्पा, जीएसएसका राम थापा आदिको प्रमुख उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *