सेनिटाइज गरिनुपर्ने मागमा भाजपाको डाबग्राम 2-द्वारा विरोध प्रदर्शन

सिलगढी : डाबग्राम 2 नम्बर अञ्चल कमिटीका सदस्यहरूले इलाकामा सेनिटाइज गरिनुपर्ने माग गर्दै आज डाबग्राम 2 नम्बर ग्राम पञ्चायत कार्यालयमा विरोध प्रदर्शनी गरे। स्मरण रहोस्, केही दिन अघि डाबग्राम 2 नम्बर अञ्चलमा एकजना युवक कोरोना संक्रमित रहेको पुष्टि भएको थियो। यसैले उक्त इलाकामा संक्रमण फैलिन सक्ने आशंका रहेकोले इलाकामा सेनिटाइज गरिनुपर्ने मागमा आज डाबग्राम 2 नम्बर अञ्चल कमिटीका सदस्यहरूले पञ्चायत कार्यालय अघि विरोध प्रदर्शनी गरेको बताइएको छ। आज जलपाईगढी जिल्ला भाजपाका उपाध्यक्ष शिखा च्याटर्जीको नेतृत्वमा उक्त विरोध प्रदर्शनी गरिएको हो। घटना जानकारी पाएर पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्यायो। भाजपा नेता शिखा च्याटर्जीले बताएअनुसार कोरोना पीड़ित उक्त युवा नेता पार्टीको कामले गर्दा विभिन्न इलाकाहरूमा गएकोले गर्दा इलाकामा संक्रमण फैलिन सक्ने आशंका रहेको छ। पीडितको सम्पर्कमा आएका सबै मानिसहरूलाई चिन्हित गरेर तिनीहरूको उपचार गरिनुपर्ने साथै सबै इलाकालाई नै सेनिटाइज गरिनुपर्ने आफूहरूको माग रहेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *