सांसद अर्जुन सिंहले सिलगढी नगरनिगमका भाजपा उम्मेदवारहरूको समर्थनमा गरे चुनाउ प्रचार

सिलगढी: सिलगढी नगर निगम चुनाउमा भाजपा उम्मेद्वारहरूको समर्थनमा चुनाउ प्रचार गर्न आज भाजपा सांसद अर्जुन सिंह सिलगढी आइपुगे। यसपछि सिलगढी नगर निगमको 1 नम्बर वार्डमा भाजपा उम्मेदवार कन्हैया पाठकको समर्थनमा अजुर्न सिंहले आफ्नो चुनाउ प्रचार शुरू गरे। यस वार्डमा तिनले मानिसहरूको घर-घरमा पुगेर चुनाउ प्रचार गरे। यसको साथै सबै मतदाताहरूलाई भाजपा उम्मेदवारको पक्षमा मतदान गरेर विजयी बनाउने अपील पनि गरे। अर्कोतिर, 1 नम्बर वार्डको प्रचार पछि अर्जुन सिंहले भने, नगर निगम चुनाउमा मुख्य लड़ाई भाजपा र तृणमूल कङ्ग्रेस माझ हुनेछ। नगर निगम चुनाउमा भाजपा कर्मीहरू कुनै पनि स्थितिमा बुथबाट हट्ने छैनन्। तृणमूलले जुन भाषामा प्रश्न गर्नेछ, त्यही भाषामा भाजपा कर्मीहरूले पनि उत्तर दिनेछ।


भाजपा कर्मीहरूलाई यही सुझाउ दिनको लागि म आज यहाँ सिलगढी आएको हुँ, किनभने जनताले भाजपालाई चाहेको छ। तिनले अझ बताए अनुसार तृणमूल कङ्ग्रेसबाट दिदीलाई अभिषेक ब्यानर्जीले रिटायर गरिदिएको छ। अब तृणमूल कङ्ग्रेस दिदीको नभएर ‘आई पेक’ को हातमा पुगेको छ। यसैले पैसा लिएर उम्मेदवारहरीलाई टिकट वितरण गरिँदैछ। यसलाई लिएर हाल दिदी र भतीज (अभिषेक) माझ मनमुटाव शुरू भएको आरोप लगाउँदै अर्जुन सिंहले भने, जनताले यी सबै हेरिरहेका छन्। यसैले गर्दा अब जनताले भाजपामाथि भरोसा गरिरहेको छ। सिलगढी नगर निगम चुनाउमा यसपल्ट भाजपाले पूर्ण बहुमत सहित अफ्नो बोर्ड गठन गर्ने पनि तिनले दावी गरे। सांसद अर्जुन सिंहले सिलगढीको 1 नम्बर वार्ड वाहेक 3,4,7,8,13,14,46 नम्बर वार्डमा पनि भाजपा उम्मेदवारको समर्थनमा चुनाउ प्रचार गर्ने पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *