सांसद विष्टद्वारा डाबग्राम, सूर्यनगर इलाकाको परिभ्रमण

सिलगढी : दार्जिलिङका भाजपा सांसद राजु विष्ट बिहिबार सिलगढी आइपुगेपछि आफ्नो संसदीय क्षेत्रका मानिसहरूलाई सीएए-बारे सटीक जानकारी गराउनको निम्ति आज बिहानदेखि मानिसहरूको घर-घरमा गएर यसबारे अवगत गराए। सांसद विष्ट आज बिहान सिलगढीको डाबग्राम, सूर्यनगर इलाकाको परिभ्रमण गर्नको साथै त्यहाँका मानिसहरूसँग कुराकानी गर्दै सीएए अनि एनआरसीबारे पनि चर्चा गरे। सिलगढी नगरनिगमका मेयर तथा विधायक अशोक भट्टाचार्यसँग भेट गर्ने तिनको पूर्व योजना रहे तापनि मेयर भट्टाचार्य सिलगढीमा नरहेको कारण तिनीसँग भेट नभएको तथापि, तिनले फोनमार्फत् मेयरसँग कुराकानी गरेको बताए। तिनले पत्रकारहरूसँग कुराकानी गर्दै राजनैतिक क्षेत्रमा एकाअर्काको मत नमिले तापनि विधायक अशोक भट्टाचार्य, शङ्कर मालाकारसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *