सांसद विष्टद्वारा श्री विष्णु महापुराणको उद्घाटन

नक्सलबारी: नक्सलबारी क्षेत्रको निरपानियामा आजदेखि विविध धार्मिक कार्यक्रमसहित श्री विष्णु महापुराण शुरू भएको छ। यस श्री विष्णु महापुराण कार्यक्रमको आज दार्जिलिङका सांसद राजु बिष्टले विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा निकालिइएको धार्मिक शोभा यात्रामा पनि तिनले अंश ग्रहण गरे। यस धार्मिक अनुष्ठानमा नक्सलबाड़ी क्षेत्रका भाजपा अध्यक्ष दिलीप बारौइ , नक्सलबारी शक्ति केन्द्र प्रमुख रमेश छेत्री लगायत अन्य व्यक्तिहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *