सांसद विष्टको पुतला दहनको गोरामुमो मिरिकद्वारा भर्त्सना

मिरिक : दार्जिलिङका सांसद राजु विष्टले संसदमा स्थायी राजनैतिक समाधान यथाशीघ्र पहल अघि बढाउनु पर्ने माग गर्दै उक्त विषय उठान गरेपछि यसको विरोधमा जय बङ्ला नामधारी संस्थाले सांसद विष्टको पुतला दहन गरेकोमा गोरामुमो मिरिक ब्राञ्चले घोर विरोध गर्दै भर्त्सना जनाएको छ। आज गोरामुमो मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खडकाले गोर्खाको संवैधानिक अधिकारलाई कुनै शक्तिले पनि रोक्न नसक्ने दावी गर्दै सम्पूर्ण गोर्खा जातिको राष्ट्रिय राजनैतिक अधिकारलाई सुनिश्चित गर्न चाहने अनि स्थायी राजनैतिक समाधान चाहने राजनैतिक दलहरू र संघ-संस्थाहरूलाई अघि आइदिने आग्रह गरेका छन्। खड्काले गोर्खाको सपना साकार हुने दिन नजिक आइरहेको दावी गर्दै गोरामुमो भाजपा नेतृत्वाधीन एनडीए सरकार अनि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पूर्ण विश्वास र भरोसा रहेको पनि बताए। आफूहरूले संसदमा बोल्ने गोर्खा सुपुत्र पाएका छौँ भन्दै सांसद विष्टले सदनमा गोर्खाको हितको लागि आवाज बुलन्द गरिरहेको समय सबै दल अनि संघ-संस्थाहरूलाई अघि आउने तिनले आहवान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *