सांसद विष्टको सहयोगमा सकुशल घर फर्किआए पहाडका दुई विद्यार्थी

सुकेपोखरी : गुजरातमा अध्ययन गर्ने मानेभञ्ज्याङ बजारका दुईजना विद्यार्थीहरू दार्जिलिङ भाजपा सांसद राजु विष्टको सहयोगमा सकुशल आफ्नो घर फर्कि आएका छन्। लकडाउनको कारण उक्त विद्यार्थीहरू गुजरातमा फँसेका थिए। कोभिड 19-को महासंकट अवधि सांसद विष्टको सहयोगमा सकुशल घर फर्किआएका ती दुई विद्यार्थीलाई स्वास्थ्य अधिकारीको परामर्शमा होम क्वारेन्टाइनमा राखिएको छ। अर्कोतिर, यस विकट परिस्थितिमा आफूहरूलाई सहयोग गरेपछि घरसम्म सकुशल आउन सकेकोमा सांसद विष्टप्रति तिनीहरूले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *