सांसद विष्टले गरे नक्सलबारी खण्डमा क्वारेन्टाइन सेन्टरहरूको निरीक्षण

नक्सलबारी : दार्जिलिङका सांसद राजु विष्टले आज नक्सलबारी खण्डको क्वारेन्टाइन सेन्टरहरूको निरीक्षण गरे। सबैभन्दा पहिला तिनले हात्तीघिसा क्वारेन्टाइन सेन्टरको निरीक्षण गरे। यसपछि तिनले जाबरा मोडस्थित अन्य क्वारेन्टाइन सेन्टरको निरीक्षण गरे। यस अवधि तिनले क्वारेन्टाइन सेन्टरका कर्मचारीहरूसित सेन्टरबारे जानकारी लिए।


निरीक्षणपछि सांसद विष्ट नक्सलबारी अस्पताल पुगेर स्वास्थ्य कर्मीहरूलाई पीपीई किट प्रदान गरे। यस अवसरमा भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवाल, जिल्ला महासचिव मनोरञ्जन मण्डल लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *