सांसद विष्टले उत्तरबंग मेडिकल गएर गराए स्वास्थ्य जाँच

सिलगढी : दार्जिलिङका सांसद राजु विष्ट गत 28 मईको दिन दिल्लीबाट सिलगढी फर्केपछि तिनी सेल्फ क्वारेन्टाइनमा थिए। आज तिनले उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा गएर आफ्नो स्वास्थ्य जाँच गराए। स्वास्थ्य जाँचपछि सांसद विष्टले मेडिकल कलेजका अधीक्षक लगायत अन्य अधिकारीहरूसित कोरोनाको स्थितिलाई लिएर चर्चा गरे। यसपछि तिनले पत्रकारहरूसँग कुराकानी गर्दै आफू दिल्लीबाट आएपछि सेल्फ क्वारेन्टाइनमा घरमै बसेको साथै आज आफ्नो स्वास्थ्य जाँच गराउनको निम्ति मेडिकल कलेजमा आएको बताए। तिनले कोरोना सङ्क्रमणबाट बाँच्न सामाजिक दूरीको पालन गर्नुपर्ने साथै मास्क र सेनिटाइजरको प्रयोग गर्न अनिवार्य रहेको बताए। यसको साथै विभिन्न ठाउँहरूमा बनिएको क्वारेन्टाइन सेन्टरहरूमा पनि उक्त निर्देश पालन गरिनु अति आवश्यक रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *