सांसद जयन्त रायले 42 नम्बर वार्डको भाजपा प्रार्थीको समर्थनमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउ आउन अब केवल पाँच दिन बाँकी रहेकोले भाजपाका शीर्ष नेतृत्वहरूले आफ्नो प्रार्थीहरूको समर्थनमा जोडतोजले चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा आज जलपाईगढी जिल्ला सांसद डा. जयन्त रायले नगरनिगमको 42 नम्बर वार्डका भाजपा उम्मेद्वार किरसेन्सिया किन्डो उर्फ कविताको समर्थनमा चुनाउ प्रचार गरे। सांसदले 42 नम्बर वार्डको चयनपाड़ा इलाकाको घर-घरमा गएर चुनाउ प्रचार गर्दै भाजपा प्रार्थीलाई मतदान गर्ने अपील पनि गरे। चुनाउ प्रचार अवधि सांसद डा. जयन्त रायले सिलगढी नगरनिगमको सबै वार्डहरू लगायत जलपाईगढी जिल्ला अन्तर्गत पर्ने 14 वटा वार्डमा भाजपाका प्रार्थीहरूले विपुल मतले विजय हासिल गर्ने दावी गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *