सांसद जयन्त रायले बुथ भ्रमण अवधि मतदाताहरूलाई प्रभावित पारेको तृणमूलको आरोप

सिलगढी : जलपाईगढीका भाजपा सांसद जयन्त रायले आज सिलगढी नगरनिगमको चुनाउ अवधि यहाँको नेताजी मोडस्थित मतदान बुथको परिभ्रमण गरे। तिनले आज सिलगढीको 35 नम्बर वार्डको नेताजी मोडस्थित एउटा स्कुलमा रहेको बुथको परिभ्रमण गर्दा तृणमूलका केही नेता तथा कार्यकर्ताहरूले तिनलाई घेरेर मतदाताहरूलाई प्रभावित पारेको आरोप लगाए। यसलाई लिएर दुई पार्टीमाझ विवाद शुरू भएपछि स्थिति उग्र बन्न पुग्यो। तथापि, उक्त घटनालाई लिएर पुलिसले हस्तक्षेप गरेपछि परिस्थितिलाई नियन्त्रणमा ल्याइयो। उक्त घटना अवधि मौखिक भनावैरी भए तापनि कुनै प्रकारको अप्रिय घटना भएन। 34 नम्बर वार्ड तृणमूलको तर्फबाट सांसद जयन्त रायविरुद्ध थानामा लिखित अभियोग दर्ता गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *