सांसद जयन्त रायले गरे सिलगढीका विभिन्न इलाकाहरूको निरीक्षण

सिलगढी : सांसद जयन्त रायले आज जलपाईगढी लोकसभा केन्द्रको सिलगढी नगरनिगम अन्तर्गत पर्ने केही वार्डका बजारहरूको निरीक्षण गरे। यस अवधि सांसदले घोगोमाली बजार, हैदरपाड़ा बजार, अञ्चल बजार लगायत दुर्गानगर कोलनीको विभिन्न इलाकाका मानिसहरूलाई माक्स वितरण गरे। फुलेश्वरी र जोरापानी नदीसँग सम्बन्धी समस्याहरूको समाधानको लागि उचित पहल गर्ने तिनले बताए। पत्रकारहरूसित कुराकानी गर्दै तिनले कोरोना महामारीको कारण पार्टीको काम-काज बन्द रहे तापनि विभिन्न वार्डहरूमा भइरहेको समस्याबारे जानकारी पाएपछि आज निरीक्षण गर्न आएको बताए। चाँडै नै यी सबै समस्याहरूको समाधान गरिदिने तिनले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *