सांसद राजु विष्टले बाघडुग्रा विमानस्थलको निर्माणाधिन टर्मिनलको गरे निरीक्षण

सिलगढी, 11 जनवरी: दार्जिलिङका सांसद तथा भाजपा प्रवक्ता राजु विष्टले शनिबार बाघडुग्रा विमानस्थलको निर्माणाधिन नयाँ टर्मिनल विकास परियोजनाको निर्माण स्थलको भ्रमण गर्दै निर्माण कार्यको समीक्षा गरे। यसको साथै उनले त्यहाँका इञ्जिनियर, कर्मचारीहरू र अन्य सरोकारवालासँग अन्तरक्रिया पनि गरे। विगत चार महिनादेखि जारी रहेको काम तीव्र गतिमा अगाडी बढिरहेकोले हालसम्म लगभग 10 प्रतिशत काम पूरा भइसकेको छ। यो परियोजना निर्धारित समय अवधि अर्थात् मार्च 2027 सम्म पूरा हुने सांसद विष्टले सम्भावना व्यक्त गर्दै उक्त कार्य पूरा भएपछि दार्जिलिङ, सिलगढी लगायत उत्तर बंगालका मानिसहरू लाभान्वित हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *