सांसद राजु विष्ट विरुद्ध दार्जिलिङ शहरमा टीएमसी-को पोस्टरिङ

दार्जिलिङ (निसं): सांसद राजु विष्ट विरुद्ध आज दार्जिलिङ शहरमा तृणमूल कङ्ग्रेस पार्टीले पोस्टरिङ गरेको छ। हालै सांसद विष्टले सय दिने रोजगार लगायत केन्द्र सरकारद्वारा दिइने साहुलियतहरूको बजेट आफुले रोकेको हो भन्ने वक्तव्य दिएपछि यता पहाड़का विभिन्न क्षेत्रहरूमा तृणमूल कङ्ग्रेस पार्टीले यसको विरोध जनाउँदै पोस्टरिङ शुरू गरेको छ।


“सय दिने रोजगारमा छानबिन गरेर दोषीलाई कार्वाही गर तर गरीब दु:खीहरू जो यस सयदिने रोजगारमाथि निर्भर रहन्छन् उनीहरूको भाग नखोसिदेउ, उनीहरूको अधिकारलाई नदबाऊ,” भन्दै केन्द्र सरकारबाट उपलब्ध थुप्रै योजनाहरूको बजेट रोकिएकोमा खेद प्रकट गर्दै तृणमूल कङ्ग्रेस दार्जिलिङ टाउन कमिटीका महासचिव देवेन्द्र घतानीले मिडियामार्फत सांसद राजु विष्ट अनि केन्द्र सरकारको नीतिको घोर विरोध जनाएका छन्। यसै विषयलाई लिएर भोली 29 मार्चको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दिल्लीको अम्बेडकरको मूर्तिअघि विरोध प्रदर्शन गर्ने पनि महासचिव घतानीले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *