सांसद राजु विष्टद्वारा राष्ट्रपति पदकले सम्मानित आईपीएस नीलु शेर्पालाई बधाई

सिलगढी : दार्जिलिङका सांसद राजु विष्टले आज आईपीएस नीलु शेर्पा चक्रवर्तीलाई राष्ट्रपति पदकद्वारा सम्मानित गरेकोमा बधाई दिएका छन्। तिनले सोशल मीडिया मार्फत् आईपीएस नीलु शेर्पालाई राष्ट्रपति पदकद्वारा सम्मानित गरेकोमा दार्जिलिङ, तराई र डुवर्सका मानिसहरूको तर्फबाट बधाई दिँदछु। आफ्नो कडा मेहनत, समर्पण र लगनशीलताको कारण तिनले अन्यको सबैको लागि एउटा उदाहरण पेश गरेकी छन्। तिनी प्रेरणाको स्रोत हुन्, हाम्रो युवा पिँढीहरूले तिनको उपलब्धिलाई अनुकरण गर्नुपर्नेछ। पश्चिम बंगालका 22 जना पुलिस अधिकारीलाई गणतन्त्र दिवसको उपलक्ष्यमा तिनीहरूको सराहनीय सेवाको लागि राष्ट्रपति पुलिस पदक र पुलिस पदकद्वारा सम्मानित गरियो। नीलु शेर्पा चक्रवर्ती राज्यका एकमात्र आईपीएस हुन्, यस वर्ष तिनले गरेको सराहनीय कार्यले गर्दा आज गणतन्त्र दिवसको उपलक्ष्यमा तिनलाई राष्ट्रपति पुरस्कारद्वारा सम्मानित गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *