सांसद राजु बिष्टद्वारा 4 वटा अस्पतालमा सेनिटाइजिङ मसिन प्रदान

सिलगढी : दार्जिलिङ जिल्लाका भाजपा सांसद राजु बिष्टले सिलगढी जिल्ला अस्पताल, उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल, दार्जिलिङ जिल्ला अस्पताल लगायत कालेबुङ अस्पताललाई सेनिटाइजिङ मसिन प्रदान गरे। प्रत्येक अस्पताललाई एउटा सेनिटाइजिङ मसिन प्रदान गरिएको बताइएको छ। यस अवसरमा सिलगढी जिल्ला अस्पतालमा खुशबु मित्तल, मालती राय, प्रसनजीत पाल लगायत अन्य भाजपा नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *