सांसद राजु विष्टद्वारा मिरिकको विभिन्न पैह्रोग्रस्त गाउँको भ्रमण, मुख्यमन्त्रीले पैह्रोमा पनि राजनीति गरिरहेको आरोप

मिरिक : दार्जिलिङका सांसद राजु विष्टले आज मिरिकको विभिन्न पैह्रो क्षेत्रहरू लगायत सौरेनी गएको पैह्रोहरूको पनि निरीक्षण गरे। हालै अत्यधिक वर्षाले गर्दा दार्जिलिङ पहाडको विभिन्न ठाउँका गाउँ-बस्तीहरू पैह्रोको चपेटमा परेको छ। यस्तो प्राकृतिक आपदाको समयमा राज्य सरकारले दार्जिलिङ पहाडको जनताको पक्षमा सान्तवनाको एउटा शब्द समेत नपोखेको भन्दै आज दार्जिलिङका लोकसभा सांसद राजु विष्टले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको तीव्र आलोचना गरे। आज मिरिकमा पत्रकारहरूसित कुराकानी गर्दै सांसद विष्टले मुख्यमन्त्री ममता ब्यानर्जीले पैह्रोमा पनि राजनीति गरिरहेको आरोप लगाए। यस अवसरमा खरसाङका विधायक बीपी बजगाइँ लगायत पार्टीका केही कार्यकर्ताहरूसित सांसद विष्टले मिरिक क्षेत्रका विभिन्न ठाउँहरूमा गएको पैह्रोहरूको निरीक्षण गर्नको साथै पैह्रो पीडितहरूसित तिनीहरूको समस्यालाई लिएर कुराकानी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *