सांसद राजु विष्टको आरोपको खण्डन गर्‍यो हिल तृणमूल कांग्रेसले

मिरिक : मिरिकमा हिल तृणमूल कङ्ग्रेसले बुधबार एउटा प्रेस कन्फ्रेन्स मार्फत् दार्जिलिङ्ग लोकसभा सांसद राजु विष्टले राज्य सरकारले कोरोना भाइरस सङ्क्रमण रोक्न हेतु पहाडको लागि केही व्यवस्था नगरेको आरोप लगाएकोमा प्रतिवाद र खण्डन गर्दै सांसद राजु विष्टले महामारीको समस्यामा राजनीति गरिरहेको उल्टा आरोप लगाएको छ। बुधबार मिरिकमा हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राई , राज्य सभा सांसद शान्ता छेत्री , दार्जीलिङ्ग संयोजक एनबी खवास , कालेबुङ संयोजक सुमन गुरुङ , प्रदीप प्रधान , मिङ्मा आजी भोटिया आदि उपस्थित रहेको प्रेस कन्फ्रेन्समा सांसद विष्ट दिल्लीमा बसेर पहाडको क्षेत्रीय अभाव र समस्यामाथि बोल्नु नसुहाउने बताए । हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईले राज्य सरकारले आफ्नो नागरिकहरुलाई सित्थैमा 6 केजी चामल र 5 केजी आँटा प्रदान गरिरहेको बताउँदै केन्द्र सरकारद्वारा प्रदान गरेको 5 केजी चामल जोडेर 11 केजी दिइएको बताए । तिनले पहाडमा कतै पनि कम्ती चामल आँटा डिलरहरुले नदिएको दावी गर्दै उपभोक्ताहरुबाट कुनै आपत्ती नआएको तर सांसदले दुइ किलो चामाल मात्र दिएको आरोप लगाउनु लज्जास्पद रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *