सांसद राजु विष्टको उपस्थितिमा बिजनबारीमा चुनावी जनसभा

बिजनबारी: दार्जिलिङका सांसद राजु विष्टले आज बिजनबारी बजारमा भाजपा प्रार्थीको समर्थनमा आयोजित चुनावी जनसभालाई सम्बोधन गरे। तिनी आज लगभग 11 बजी हेलिकप्टरमार्फत् बिजनबारी खेल मैदानमा ओर्लिएपछि स्थानीय पार्टी समर्थकहरूले तिनलाई भव्य रूपमा स्वागत जनाए। यसपछि बिजनबारी बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै तिनले भने, मैले गोर्खाहरूको हितमा राजनीति गरिरहेको छु, गोर्खाहरूको समस्या ढिलो होस् अथवा चाँडो आवश्य पुरा हुनेछ। तिनले बिमल गुरुङ र विनय तामाङ दुवै तृणमूल नेत्री ममता ब्यानर्जीको इसारामा चल्ने गरेको आरोप लगाउँदै गोर्खाहरूको 11 जनजातिको मुद्दा कुनै पनि समयमा घोषणा हुने बताए। यसको साथै तिनले एनआरसीबाट गोर्खाहरूलाई कुनै खतरा नरहेको बताए। जिल्ला उपाध्यक्ष एलएम लामाको सभापतित्वमा सम्पन्न सभामा गोरामुमो अध्यक्ष मन घिसिङ, वाई लामा, सावन राई लगायत अन्यले सम्बोधन गरे। अर्कोतिर, सांसद राजु विष्टले रिम्बिक बजारमा आयोजित भाजपाको जनसभालाई पनि सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *