सिलगढी : सिलगढीको 24 नम्बर वार्डमा नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्ती पालन गरियो। यस अवसरमा दार्जिलिङका सांसद राजु विष्ट, सिलगढीका विधायक शङ्कर घोष, विधायक शिखा च्याटर्जी लगायत अन्य उपस्थित थिए। सांसद राजु विष्टले राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै नेताजीको प्रतिकृतिमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा सांसद विष्टले भने, भारत स्वतन्त्र भएको यति वर्ष बितिसक्दा पनि नेताजी सुभाष चन्द्र बोसले जुन सम्मान पाउनुपर्ने त्यो हालसम्म पाएका छैनन्।
26 जनवरीको कार्यक्रम 24 जनवरीदेखि शुरू गर्ने गरे तापनि यस वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले 23 जनवरी नेताजी सुभाषचन्द्र बोसको 125औँ जन्मजयन्तीबाट शुरू गरेको बताए। नेताजीलाई श्रद्धा जनाउँदै दिल्लीमा तिनको सालिग अनावरण गरिएको छ भने यसको लागि सांसद विष्टले धन्यवाद दिएका छन्।