सांसद राजु विष्टलाई धन्यवाद दिँदै दार्जिलिङ सहरमा पोस्टरिङ

दार्जिलिङ (निसं): दार्जिलिङका सांसद राजु विष्टले हिज सोमबार संसद भवनमा भारतीय गोर्खाहरूको स्थायी राजनीतिक समाधान, पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुनुपर्ने अनि रेलवेद्वारा दार्जिलिङ क्षेत्रमा हुनुपर्ने विकासमूलक विविध कार्यबारे आवाज उठाएकोमा कृतज्ञता प्रकट गर्दै भारतीय जनता युवा मोर्चा दार्जिलिङ जिल्ला समितिको पक्षबाट सांसद राजु बिष्टलाई धन्यवाद दिँदै आज दार्जिलिङ सहरमा पोस्टरिङ गरेको छ। उक्त धन्यवाद कार्यक्रम तथा पोस्टरिङ अवधि युवा मोर्चा अध्यक्ष निरज राई, सचिव अर्जुन छेत्री, सोसियल मिडिया सह-संयोजक संजय शर्मा, कोषाध्यक्ष सावन सुब्बा, दार्जिलिङ सदर 4 मण्डल अध्यक्ष भरत सुब्बा, चुङ्थुङ मारेबुङ युवा मोर्चा अध्यक्ष अशेष राई लगायत अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *