सांसद राजु विष्टलाई धन्यवाद दिँदै खरसाङमा पोस्टरिङ

खरसाङ (निसं): भारतीय संसदमा हिज दार्जिलिङका भाजपा सांसद राजु विष्टले पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ गराउनु पर्ने, स्थायी राजनैतिक समाधान गर्नु पर्नेलगायत अन्य विषयमा कुराहरू उठान गरेकोमा भाजपा खरसाङको पक्षबाट तिनलाई धन्यवाद दिएको छ। भाजपा खरसाङका प्रतिनिधिहरूले आज खरसाङ बजारको विभिन्न स्थानहरूमा पोष्टरिङ गर्दै दार्जिलिङका भाजपा सासंद राजु विष्टलाई धन्यवाद दिएका छन्। विशेष गरेर पहाड़मा लामो समयदेखि पञ्चायत चुनाउ नभएपछि यहाँका जनता सरकारी साहुलियतहरूदेखि वञ्चित हुन परिरहेको थियो। यसै विषयमा सांसद विष्टले संसदमा कुरा उठाएर जनताको लागि महत्वपूर्ण कार्य गरिरहेको भाजपा खरसाङका प्रतिनिधिहरूले बताएका छन्। सांसद विष्टलाई धन्यवाद दिँदै  खरसाङमा गरिएको पोष्टरिङ विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *