सांसद राजु विष्टले भेटे सीपीएम नेता अशोक भट्टाचार्यसित

सिलगढी : दार्जिलिङका भाजपा सांसद राजु विष्टले हिजो साँझ सीपीएम नेता अशोक भट्टाचार्यको घरमा गएर तिनीसित भेट गरे। उक्त भेटघाट अवधि तिनीसित सिलगढीका भाजपा विधायक शङ्कर घोष पनि उपस्थित थिए। कुनै राजनैतिक कारण नभएर अशोक भट्टाचार्यसित भेट गर्न आफू तिनको घर गएको सांसद विष्टले बताए। गत वर्ष अशोक भट्टाचार्यको स्वास्नी रत्ना भट्टाचार्यको निधन भएको थियो। आगामी 30 अक्टोबरमा तिनको मृत्युवार्षिकी दिवसको कार्यक्रम रहेको साथै सांसद विष्टलाई पनि निमन्त्रणा रहेकोले उक्त दिन आफू कार्यक्रममा उपस्थित हुन नसक्ने भएकोले यसभन्दा अघि हिजो नै तिनी अशोक भट्टाचार्यको घरमा पुगेर तिनीसित भेट गरेको बताइएको छ। यसको साथै तिनले अशोक भट्टाचार्यलाई दीपावलीको शुभकामना दिए। तिनीहरूमाझ सौजन्यमूलक भेटघाट भएको कुराकानी भएको सांसद विष्टले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *