सांसद राजु विष्टले दार्जिलिङका अस्पतालहरूको गरे परिभ्रमण

दार्जिलिङ : कोरोनाको महामारी फैलिएपछि पहिलोपल्ट दार्जिलिङका सांसद राजु विष्ट आज दार्जिलिङ पहाड आइपुगेका छन्। तिनले सर्वप्रथम बतासेस्थित टीबी अस्पतालको क्वारेन्टाइन सेन्टरको निरीक्षण गर्नको साथै केही आवश्यक किटहरू प्रदान गरे। यसपछि तिनले दार्जिलिङको सरकारी महकुमा अस्पतालको परिभ्रमण गर्नको साथै त्यहाँको वर्तमान परिस्थितबारे जानकारी लिए। तिनले यस अवसरमा अस्पतालका अधीक्षकसित पनि अस्पतालको विविध समस्याहरू लगायत रोगीहरूको विषयलाई लिएर कुराकानी गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले हाल पहाड क्षेत्रमा पनि कोरोनाको संक्रमण बढिरहेकोले गर्दा यहाँ दार्जिलिङमा पनि कोरोना टेस्ट गर्ने मसिनको अति आवश्यकता रहेको बताए। उक्त आवश्यकतालाई ध्यानमा राख्दै आफूले यहाँ जाँच गर्ने मसिन सरकारी कोष अथवा नीजि कोषबाट भए तापनि ल्याउने वचन दिए। तथापि, उक्त मसिन ल्याउनु मात्र ठुलो कुरा नरहेर उक्त मसिनलाई चलाउनको निम्ति माइक्रोबायोलोजिस्टको साथै अन्य उचित व्यवस्थाको आवश्यक रहेको कुरा पनि तिनले बताए। हालसम्म राज्य प्रशासन तथा जीटीए-ले यसबारे कुनै पहल नगरेको दावी गर्दै यी दुई माझमा नै कतिपय को-अर्डिनेसनको अभाव रहेको बताए। तिनले दार्जिलिङमा कोरोना संक्रमित जाँच गर्ने मसिन जडान गर्नको निम्ति केन्द्रको स्वास्थ्य विभागीय अधिकारीसित कुराकानी गरिसकेको साथै दार्जिलिङ अस्पतालका अधीक्षकले पनि आवश्यक सबै कुराको सहयोग गर्ने आश्वासन दिएकोले गर्दा अब चाँडै पहाडका मानिसहरूको पनि दार्जिलिङमा नै स्वाब टेस्ट हुनेछ भनी तिनले आश्वासन दिएका छन्। यस अवसरमा दार्जिलिङका विधायक निरज जिम्बा पनि प्रमुख रूपमा उपस्थित थिए।     

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes