सांसद राजु विष्टले केन्द्र सरकारद्वारा स्वीकृत ग्रामीण सडक परियोजनाहरूको गरे घोषणा

दार्जिलिङ: भाजपा सांसद राजु विष्टले दार्जिलिङबाट आज एउटा प्रेस विज्ञप्ति जारी गरेर केन्द्र सरकारद्वारा अनुमोदित ग्रामीण सडक विकासको 9 प्रमुख परियोजनाहरूको घोषणा गरे। यस परियोजनामा कालेबुङ जिल्लामा 33 वटा सडक सामेल छ। यसैगरी, दार्जिलिङ पहाडमा 12 वटा सडकको लागि यस्तै प्रकारको परियोजनाले स्वीकृति पाएको छ। सिलगढी महकुमा परिषदको लागि पनि आगामी केही दिनहरूमा यस प्रकारको परियोजनाहरूलाई स्वीकृति दिइने बताइएको छ। स्मरण रहोस्, केन्द्र सरकारले दार्जिलिङ र कालेबुङ क्षेत्रको विकासको लागि 213 किमी ग्रामीण सडकहरूलाई स्वीकृति दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *