सांसद राजु विष्टले राजीनामा दिनुपर्ने मागमा दार्जिलिङमा अभोगोली-द्वारा पोस्टरिङ

दार्जिलिङ: दार्जिलिङका भाजपा सांसद राजु विष्टले केही काम नगरेको आरोप लगाउँदै तिनको विरोधमा दार्जिलिङ पहाडमा आवाज उठ्न शुरू भएको छ। दार्जिलिङका भाजपा सांसद राजु विष्टले अब गोर्खाल्याण्डको लागि काम नगरे तिनले राजीनामा दिनुपर्छ भन्दै आज दार्जिलिङ शहरमा गोर्खा लीग (भारती गुट) ले व्यापक पोस्टरिङ गरेको छ।


अर्कोतिर, गोर्खाल्याण्ड कै निम्ति भनेर पहाडमा कसैले नचिनेको राजु बिष्टलाई जिताएको 2 बर्ष भन्दा धेर बित्यो तर काम एकै इन्च पनि अघि बढेको छैन साथै अहिले त झन् 50 थरीको मुद्दा र प्रतिनिधि टोलीको कुरा हुँदैछ। काम गर्न नसक्ने सांसदले बरु राजीनामा दिनु, हामी बरु अरु नै कुनै निर्दलीय व्याक्तिलाई संसदमा पठाउँछौँ भनी एसपी शर्मा (गोर्खा लीग)-ले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *