सांसद राजु विष्टले रूल 377 मा गोर्खाल्याण्डको कुरा उठाएर गोर्खाको आँखामा धुलो हाल्ने काम गर्दैछन्: अमिर बस्नेत

कालेबुङ: रुल 377 मा गोर्खाल्याण्डको कुरा उठाएर दार्जिलिङका सांसद राजु बिष्टले गोर्खाको आँखामा धुलो हाल्ने काम गर्दैछन् भन्ने गोजमुमो-2 ले गम्भीर आरोप लगाएको छ। भारतीय जनता पार्टी र त्यस पार्टीका दार्जिलिङका सांसद राजु बिष्टले गोर्खाहरुको दीर्घकालीन मुद्दा गोर्खाल्याण्डलाई लिएर देखावटी मात्रै गरिरहेका छन्।तिनले संसदमा रुल 377- मा बोल्दै गोर्खाल्याण्डको सन्दर्भ उठाए जस्तो गरेर जनताको आँखामा धुलो हाल्ने काम गरेको गोजमुमो कालेबुङ जिल्लाका नेता अमिर बस्नेतले आरोप लगाएका छन्। तिनले पत्रकारहरूलाई भने, केन्द्रमा पूर्ण बहुमत भएको भाजपाको सांसदले शुन्यकाल र रुल 377-मा कुरा उठाउनु हाँस्यास्पद कुरा हो । जम्मु-काश्मीरमा धारा 370 हटाएर दुई-दुईवटा केन्द्रशासित प्रदेश बनाउन सक्ने सरकारले राजनैतिक इच्छाशक्ति भए गोर्खालाई न्याय दिनसक्ने थियो तर भारतीय जनता पार्टी गोर्खाहरुप्रति इमान्दार नरहेको तिनीहरुको आजसम्मको व्यवहारले बताउँदछ। भारतीय जनता पार्टीलाई गोर्खाको भोटसँग मात्रै वास्ता छ। सांसद राजु बिष्टले आजसम्म राजनैतिक नाटक बाहेक अरु केही गरेका छैनन्, संसदमा तिनले आजसम्म कतिपल्ट बोले? त्यसको उपलब्धि खोइ? गोर्खाल्याण्डको कुरा समाचारमा आउनलाई मात्रै उठाएर जनतालाई किन लट्याउन खोजेको हो? यी नाटकहरु भारतीय जनता पार्टीको एक-दुईजना अन्धोभक्तहरुले पत्याउला तर पहाडको सचेत जनताले यसलाई पत्याउदैन भनी तिनले बताए। विष्टले सांसद भएदेखि विभिन्न मन्त्रालयमा चिट्ठी लेख्छन् र समाचार बनाउँछ्न् तर आजसम्म तिनको चिट्ठीले के काम गर्यो् ? त्यो जनतालाई थाहा छैन भन्दै जनताले तिनलाई भोट दिएर सांसद बनाए तर भोट हाल्ने जनतालाई कुन उपलब्धि दिए त्यो बताउन् भन्दै आमिर बस्नेतले प्रश्न गरेका छन्। सांसद राजु विष्टले सदनमा देखावटी गरेर जनतालाई लट्याउने काम नगरुन् भन्ने समेत तिनले सल्लाह दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *