सांसद राजु विष्टप्रति आभार व्यक्त

सिलगढी: दार्जिलिङका भाजपा सांसद राजु विष्टले दिल्लीबाट उपासना लिम्बू अनि सरोज राईलाई आफ्नो घर दार्जिलिङ फर्किनको लागि स्पेशल रेलको टिकटको ब्यवस्था गरिदिएको जानकारी दिँदै अर्पण भुजेलले तिनीप्रति आभार प्रकट गरेका छन्। प्राप्त जानकारी अनुसार उपासना छेत्रीलाई गोरामुमो दिल्ली युनिट अध्यक्ष रुद्र गुरुङ अनि गोरायुमो दिल्ली युनिट अध्यक्ष अर्पण भुजेलले उपचारको निम्ति अस्पतालमा लगेर जाँच गराएपछि केही निको भएर दार्जिलिङ घर पठाउन सहयोग गरे। स्मरण रहोस, दिल्लीमा कार्यरत उपसना लिम्बु धेरै दिनदेखि बिमार भएकोले उपचारको निम्ति आफ्नो घर दार्जिलिङ फर्किन आर्थिक समस्या भएपछि गोरामुमो दिल्ली शाखाका रुद्र गुरुङ र अर्पण भुजेलको पहलमा सांसद राजु बिष्टलाई सहयोगको निम्ति अपिल गरेकाले गर्दा नै तिनले रेलको टिकटको व्यवस्था गरिदिएका थिए। यसैक्रममा आज एक भिडियो सन्देश जारी गरेर उपासना छेत्रीको आमाले दार्जिलिङका सांसद राजु बिष्टलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् । तिनकै सहयोगमा आज आफ्नो छोरी ज्वाइँ सकुशल घर आइपुगेका तिनले बताएका छन्। तिनले जारी गरेको भीडियोमा भनेका छन्, “तपाईले आफ्नो कर्तव्य यसरी नै निभाउँदै जानुहोस र जुन कार्यको निम्ति तपाईलाई हामीले चुनेर पठाएका छौँ त्यो काम पनि सफल हुनेछ भनेर हामी बिश्वास गर्दै शुभकामना व्यक्त गर्दछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *