सांसद राजु विष्टसित भेट गर्यो गोरामुमो टोलीले

सिलगढी : गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा आज भाजपा कार्यालय सिलगढीमा गोरामुमो केन्द्रीय प्रवक्ता महेन्द्र छेत्री, केन्द्रीय सदस्य ऋषि थापा अनि विधायक निरज जिम्बाको टोलीले सांसद राजु विष्टसित भेट गरे। उक्त भेटघाट अवधि उक्त टोलीले सांसद विष्टसित स्थायी राजनैतिक समाधानबारे चर्चा परिचर्चा गरेको बताइएको छ। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै ऋषि थापाले यसै विषयलाई लिएर गोरामुमो टोली चाँडै नै दिल्ली प्रस्थान गर्ने जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *