सांसद राजु विष्टसित भेटे तीनधारे कोभिड को-अर्डिनेशन कमिटीका प्रतिनिधि टोलीले

खरसाङ: सांसद राजु विष्ट आज तीनधारे भ्रमणमा आएको समय कोभिड को-अर्डिनेशन कमिटी तीनधारेका प्रतिनिधिहरूद्वारा भेटघाट गरे। उक्त भेटघाटको समय कोभिड को-अर्डिनेशन कमिटी तीनधारेको चिफ् को-अर्डिनेटर उत्तम शर्मा र को -अर्डिनेटर सन्तोष लामाको अगुवाईमा कमिटीले सासंद सामु जनताको विभिन्न समस्याहरू राखेका छन्। सांसद राजु विष्ट तीनधारे आउनसाथ कोविड को-अर्डिनेशन कमिटीसित भेटघाट गरेका थिए। उनले सड़क परिसरमा नै कोविड को-अर्डिनेशन कमिटी तीनधारेसित भेटघाट गरी विभिन्न समस्याहरू सुनेका थिए। यसावधि कोविड को-अर्डिनेशन कमिटीको चिफ् को-अर्डिनेटर उत्तम शर्मा र को-अर्डिनेटर सन्तोष तामाङले कोविड महामारीको समय तीनधारे क्षेत्रका जनताले भोग्दै आएका विभिन्न समस्याहरू र असुविधाहरू विषयमा सांसदलाई अवगत गराएका छन्। कमिटीले राखेको विषयलाई सांसद राजु विष्टले कार्य गरिदिने र समाधान गरिदिने आश्वासन दिएका छन्। सासंद राजु विष्टसितको भेटघाट विषयमा कोविड को-अर्डिनेशन कमिटीको चिफ् को-अर्डिनेटर उत्तम शर्माले पत्रकारहरूसित कुराकानी गर्दै आज हाम्रो सांसद तीनधारे आएको बेला कोरोनाकालमा तीनधारेको जनताले भोग्दै आएका विभिन्न समस्याहरू र असुविधाहरू विषयमा अवगत गराइएको र विशेषगरी हामीले स्वास्थ्य सम्बन्धी कुराहरू सासंद समक्ष राखेको बताए । उनले सांसद समक्ष हामीले तीनधारेको जनताको सुविधाको लागि तीनधारेको रेलवे अस्पतालमा भ्याक्सिन सेन्टर बनाउन मांग गरिएको तथा रेलवे अस्पताललाई अपग्रेड गर्ने पनि मांग गरेको बताए। उनले कोविड को-अर्डिनेशन कमिटीको तर्फबाट राखेको विषयहरूलाई सासंदले काम गरिदिने र रेलवे अस्पतालमा स्थानीयहरूको लागि भ्याक्सिनको व्यवस्था गरिदिने र रेलवे कारखाना पनि अपग्रेड गराउन कार्य गरिने आश्वासन् दिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *